मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा छैठौं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ चौरजहारी नगरपालिका-२ स्थित शीतल माध्यमिक विद्यालय चौरजहारीमा उक्त प्रतियोगिता सुरु भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
नगर प्रमुख पुष्प वादीको अध्यक्षतामा भएको छैठौं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिता छात्रा तर्फ दौड १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर रिले दौड १ सय र ४ सय मिटरको हुनेछ । हाईजम्प लगंजम्प, त्रिपलजम्प ज्याभलिंग थ्रो ६ सय ग्राम सर्टपुट ८ पाउण्ड भलिवल र कवडडी खेलहरु संचालन हुने छन ।
छात्र तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार, मिटर र रिले दौडतर्फ ४ सय मिटरको संचालन हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो ।
हाईजम्प, ज्याभलिगं थ्रो ८ सय ग्राम र सटपुट १२ पाउण्ड भलिवल र कबडडी खेलपनि संचालन हुने वताइएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, उप प्रमुख ईश्वरी शर्मा विएम, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराइ, शसस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर केसी, नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष गोपाल रेग्मी, चौरजहारी अस्पताल प्रशासक डिल वहादुर गिरी,वडा अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा १२ वटा सामुदायिक तथा आवासिय विद्यालयले भाग लिएको आयोजकले जनाएको छ ।




 
					
							 
			 
					
	    
                             
                             
                             
                             
                            