रुकुुमकोटमा राष्ट्रपति रनिङ शिल्ड सुरु

रुकुुमकोटमा राष्ट्रपति रनिङ शिल्ड सुरु

रुकुमकोट । रुकुुम पूर्वको सिस्ने गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सुरु भएको रनिङ शिल्ड प्रतियोगिताको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले उदघाटन गर्नुभएको हो ।

रुक्मिणी माविको प्राङगनमा सञ्चालन भएको शिल्ड प्रतियोगितामा १० वटा सामुदायिक तथा आवासिय विद्यालयले भाग लिएको आयोजकले जनाएको छ ।

सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाका अनुुसार तीन दिनसम्म शिल्डमा छात्र, छात्रा भलिबल, एक सय देखि तीन हजार मिटरको दौड, हाइजम्प, लङजम्म, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट विधाका खेल सञ्चालन गरिने छ ।

उदघाटनको पहिलो दिन आज छात्र छात्रा १५०० मिटरको दौड सम्पन्न भएको छ । बाँकी प्रतियोगिता बुधबार बिहान ७ ०० बजेदेखि सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ ।

उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन मगर, सरिता पुन र दिलकुमारी बुढा, जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठ, उप प्रमुख मोहन केसी, भूमे गाउँपालिकाका उपाध्यक्ष सबिना बुढामगर, जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतको आथित्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रुक्मिणी माविका शिक्षक हरिबहादुर थापाले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार