रुकुम पश्चिमका ७३ वडामा कांग्रेसको अधिवेशन सम्पन्न

रुकुम पश्चिमका ७३ वडामा कांग्रेसको अधिवेशन सम्पन्न

मुसिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमका ७३ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । भदौ ३ र ४ गते जिल्लाका ६ वटै स्थानीय तहअन्तर्गतका वडामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट ७३ वटै वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा कार्यसमितिमा ८८० जना निर्वाचित भएका छन् भने विधानअनुसार करिब १ हजार ७८५ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीका अनुसार जिल्लाका सबै वडामा उत्साहजनक रूपमा अधिवेशन सम्पन्न भएको छ । उहाँले अधिवेशनमा नेता तथा कार्यकर्ताबीच सहमति र सहकार्यका आधारमा नेतृत्व चयन भएको बताउनुभयो ।

अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले पालिका, क्षेत्र तथा जिल्ला अधिवेशनका लागि प्रतिनिधित्व गर्नेछन् ।

वडा अधिवेशन सम्पन्न भएसँगै अब कांग्रेसको पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला अधिवेशनको प्रक्रिया अघि बढ्ने बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार