एमाले रुकुम पश्चिमले सुरु गर्‍यो ‘मिसन ग्रासरुट’ अभियान

एमाले रुकुम पश्चिमले सुरु गर्‍यो ‘मिसन ग्रासरुट’ अभियान

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । एमाले जिल्ला कमिटी रुकुम पश्चिमले ‘मिसन ग्रासरुट’ अभियानको पहिलो कार्यक्रम अन्तर्गत मुसिकोटमा आज कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको छ ।

अभिमुखीकरणमा पूर्व पर्यटन मन्त्री एवं नेकपा एमाले का सचिव योगेशकुमार भट्टराई, एमाले स्थायी कमिटी सदस्य गोरख बोगटी, केन्द्रिय सदस्यहरु बिष्णु रिजाल, राज बहादुर बुढा, सिपि घर्ती र रतननाथ योगीले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

दुई महिना सम्म सञ्चालन गरिने उक्त अभियान जिल्लाका ६ वटा पालिका र ७३ वटा वडामा सञ्चालन गरिने एमाले रुकुम पश्चिमले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल, प्रदेश कमिटी सदस्यहरु नन्द किशोर बस्नेत, कर्ण बहादुर घर्ती, नारायण कुमार शाह, टंक प्रसाद ओली, बारेकोट गाउँपालिकाका अध्यक्ष बिर बहादुर गिरी लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पार्टी सचिव शसिराम नेपालीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार