रुकुम महोत्सव : आज टीका सानु र मानसिंह खड्काको प्रस्तुति रहने

रुकुम महोत्सव : आज टीका सानु र मानसिंह खड्काको प्रस्तुति रहने

मुसिकोट । रुकुम पश्चिममा जारी महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखिरहेका छन् । आज महोत्सवमा लोकदोहारी गायिका टीका सानु र गायक मानसिंह खड्काको प्रस्तुति रहने महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

यस्तै महोत्सवमा विभिन्न स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । “रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव स्थलमा करिब १ सय वटा व्यापारिक स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सव चैत्र ७ गतेसम्म संचालन हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार