रूकुमेली क्याम्पस स्ववियू सभापतिमा नेविसंघका अनिशेष केसी विजयी

रूकुमेली क्याम्पस स्ववियू सभापतिमा नेविसंघका अनिशेष केसी विजयी

मुसिकोट । रूकुम पश्चिमको सदरमुकाम मुसीकोटमा रहेको रुकुमेली क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अनिशेष केसी  विजयी भएका छन् ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केसी ६५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा रहेका नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियूकी भावना शर्माले ४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सचिवमा नेविसंघका सन्तोष खड्का, कोषाध्यक्षमा नेविसंघकै शिव खड्का विजयी भएका छन् ।

सदस्यहरूमा नेविसंघका ३ र अखिल (क्रान्तिकारी) का २ जना विजयी भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसमा १ सय ७२ मत खसेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार