रूकुम जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा खड्का

रूकुम जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा खड्का

नवनिर्वाचित अध्यक्ष अधिवक्ता रत्न बहादुर खड्का ।

मुसिकोट । रुकुम जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता रत्न बहादुर खड्का निर्वाचित हुनुभएको छ । आज आईतबार बालमन्दिरमा सम्पन्न कानून व्यवसायीहरुको भेलाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।

एशोसिएशनको उपाध्यक्षमा अधिवक्ता ललित बुढा, सचिवमा अधिवक्ता रचना मल्ल र कोषाध्यक्षमा अधिवक्ता टेक बहादुर खड्का चयन हुनुभएको छ ।

सदस्यहरूमा अधिवक्ताहरू गणेश हमाल, यक्क बहादुर पाण्डे, ठकेन्द्र पुरी, मनिषा रोका, रमा गौतम, दिनेश खड्का चयन हुनुभएको हो ।

त्यसै गरी केन्द्रीय पार्षदमा अधिवक्ता भुवनेश्वर उपाध्याय चयन हुनुभएको नवनिर्वाचित कोषाध्यक्षमा अधिवक्ता टेक बहादुर खड्काले जानकारी दिनुभयो ।

यसअघि बारको जिल्ला अध्यक्ष गणेश हमाल रहनुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार