प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो ।

विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिनु भएको हो ।

एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने प्रस्तावको विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार