मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेन

मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेन

रुकुम पश्चिममा सालनाल सहित मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेको छैन । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ११ चौरस्थित ठुलोभेरी किनारमा चैत २२ गते मृत अवस्थामा फेला परेको शिशुको सनाखत हुन नसकेको हो ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक बिक्रम सुवेदीका अनुसार पाँच दिन पहिले समयावधि नपुगेको अन्दाजी ७/८ महिनाको पुरुष जातको शिशुको शव वेवारिसे अवस्थामा फेला परेको थियो ।

प्रहरी निरीक्षक सुवेदीले मृतक शिशुको घटनास्थल शवजाँच प्रकृति मुचुल्का सहितको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको बताउनुभयो ।

उहाँले मृतक शिशुको आफन्त फेला नपरेकोले सनाखत हुन नसकेको बताउनुभयो । घटनाको अनुसन्धान भैरहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार