आठविसकोटमा २४६ शिक्षकको करार सम्झौता रद्द

आठविसकोटमा २४६ शिक्षकको करार सम्झौता रद्द

आठबीसकोट नगरपालिका

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नविकरण नहुने भएको छ । नगरपालिका आफैँले नियुक्त गरेका करार शिक्षकको सम्झौता रद्द हुुने भएको छ ।

बैशाख २ गते शनिबार बसेको ७८ औं नगरकार्यपालिका बैठकले नगरपालिकाको आन्तरिक स्रोतबाट तलब खाने सबै शिक्षकहरूको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो । नगरपालिका आफैँले नियुक्त गरेका नगरपालिका भित्र २ सय ४६ जना करार शिक्षक कार्यरत छन ।

त्यस्तै नगरपालिकाले विद्यालय मर्जको अभियान पनि सञ्चालन गर्ने लागेको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । विद्यार्थी संख्या कम भएका र आर्थिक समस्यामा रहेका विद्यालयलाई मर्ज गर्नेगरी नगरपालिका लागि परेको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

बैठकले सबै जनप्रतिनिधिले २ महिनाको सेवा सुविधा नलिने पनि निर्णय गरेको छ । करार शिक्षकको तलवभत्ता व्यवस्थापन लगायतका काममा प्रयोगका लागि सबै जनप्रतिनिधिले खाइपाइ आएको २ महिनाको सेवा सुविधा नलिने कार्यपालिका बैठकले निर्णय गरेको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार