सञ्जालका पदाधिकारीहरुलाई अभिमुखिकरण

सञ्जालका पदाधिकारीहरुलाई अभिमुखिकरण

मुसिकोट । रुकुम पश्चिममा बाल विवाह विरुद्ध साझा अभियान सञ्जालका जिल्ला पदाधिकारीहरुलाई क्षमता विकास सम्बन्धि अभिमुखिकरण गरिएको छ ।

बुधबार मुसिकोटमा बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल रुकुम पश्चिमको आयोजनामा दुई दिने अभिुखिकरण सुरु भएको हो ।

लैंगिक हिंसा, बाल अधिकार, बाल संरक्षण र वालविवाहको क्षेत्रमा वकालत गर्नको लागि क्षमता विकास गर्न अभिमुखिकरण आयोजना गरिएको सञ्जालका सह संयोजक नरबहादुर लम्सालले बताउनुभयो । उहाँका अनुसार जिल्लाको वालविवाहको अवस्था बढ्दो अवस्थामा भएकोले रोकथाम तथा सचेतनाको लागि कार्य गर्न तालिम फलदायी हुने बताउनुभयो ।

तालिमको सहजिकरण आवाज सस्था सुर्खेतका कार्यक्रम व्यवस्थापक शुसिल कार्की र बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेशका अभियान संयोजक चेतन गिरीले गरिरहनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार