हिमालय लोकस्टारको उपाधि रुकुम पश्चिमका बलराम विश्वकर्मालाई

हिमालय लोकस्टारको उपाधि रुकुम पश्चिमका बलराम विश्वकर्मालाई

मुसिकोट । हिमालय लोकस्टारको उपाधि रूकुम पश्चिमका बलराम विश्वकर्माले जित्नुभएको छ । आज बुधबार राती काठमाडौको राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ निवासी विश्वकर्मा विजेता घोषित हुनुभएको हो ।

विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गर्नुभएको छ । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले विजेता विश्वकर्मालाई ट्रफीसहित पुरस्कार प्रदान गर्नुभएको छ।

यस्तै अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित हुनुभयो । जितसँगै उहाँले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गर्नुभएको छ । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गर्नुभएका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित हुनुभयो । उहाँले २ लाख रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।

दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति रहेको थियो ।

लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार