मुसिकोट । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले जिल्ला अस्पतालमा रहेका विरामिहरुलाई फलफुल वितरण गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा जिल्ला शाखाले अस्पतालमा रहेका विरामिलाई फलफुल वितरण गरेको हो ।
आईतबार जिल्ला अस्पताल सल्लेमा पुगेर विरामि र उनीहरुका कुरुवालाई फलफुल वितरण गरिएको जिल्ला शाखा कोषाध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिनुभयो ।
फलफुल वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, अस्पताल विकास समितिका अध्यक्ष टेक बहादुुर कुुसारी, नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश कोषाध्यक्ष नरबहादुर लम्साल, जिल्ला सभापति रमा गौतम, कोषाध्यक्ष यज्ञ बहादुर केसी, जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसी लगायतको सहभागिता रहेको थियो ।


 
					
							 
			 
                             
                             
                             
                             
                            