दुवै खुट्टा गुमाएका हरिबहादुर सगरमाथाको चुचुरोमा

दुवै खुट्टा गुमाएका हरिबहादुर सगरमाथाको चुचुरोमा

तस्बिर : बुढा मगरकाे फेसबुक

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गर्नुभएको छ । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार