पहिलोपटक गाडी पुगेपछी गाउँमा खुसीयाली

पहिलोपटक गाडी पुगेपछी गाउँमा खुसीयाली

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १ सडक सञ्जालमा जोडिएको छ । जिल्लाकै विकट मानिने उक्त वडामा सडक सञ्जाल जोडिएपछि गाउँमा पहिलोपटक गाडि पुग्दा स्थानीयवासी खुसी भएका छन् ।

शनिवार वडा नम्वर १ मा पुगेका दुईवटा ट्याक्टर र डोजर पुगेपछि स्थानीयले चालक र जनप्रतिनिधिलाई फुलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुशीयाली साटेका छन् ।

यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्री सहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।

आठबिसकोट नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष देव बहादुर घर्तीका अनुसार चट्टान क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भीर फुटाउन नसक्दा वडा नम्वर १ र २ का नागरिक वडा नम्वर ३ हुँदै एक दिन पैदल हिडेर पालिका आउन बाध्य थिए । अब भने पालिका आउजाउ गर्न सहज भएको उहाँले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार