मुसिकोट १२ : एक वर्षमा दुईहजार बढी नागरिकलाई सेवा

जनप्रतिनिधिका एक वर्ष

मुसिकोट १२ : एक वर्षमा दुईहजार बढी नागरिकलाई सेवा

जनप्रतिनिधिका एक वर्ष

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ को कार्यालयले एक वर्षको अवधिमा दुई हजार २३० जना नागरिकलाई सेवा दिएको छ । शुक्रबार वडा कार्यालयले जनप्रतिनिधिहरुको एक वर्षे प्रगति विवरण सार्वजनिक तथा समिक्षा कार्यक्रमको आयोजना गरेर उक्त जानकारी गराएको हो ।

कार्यक्रममा वडा अध्यक्ष धिरन सिर्पालीले वडा भित्र ६ किलोमिटर सडकको स्तरोन्नती गरिनुका साथै तीन किलोमिटर नयाँ सडक निर्माण गरिएको जानकारी दिनुभयो । त्यसैगरी १.६ किलोमिटर पिसीसी गोरेटो बाटो निर्माण गरिएको, ६.५ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको, १९० घरधुरीमा खानेपानी निर्माण गरिएको र ९१ घरधुरीलाई सिंचाई सुविधा दिईएको बताईएको छ ।

वडा अध्यक्ष सिर्पालीले ११ कोठे बिद्यालय भवन, चार वटा सामुदायीक भवन, चार सार्वजनिक शौचालय दुई वटा मन्दिर निर्माण गरिएको बताउनुभयो । उहाँले यस अवधिमा ३१ जना सुत्केरीलाई सुत्केरी स्याहार खर्च उपलब्ध गराईएको जानकारी दिनुभयो । उक्त रकम आफूले पाउने सुविधाबाट नियमित उपलब्ध गराउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

यसै गरी १७ जना मुटु, मृगौला तथा दिर्घरोगीलाई स्वास्थ्य बिमा गरिदिएको, कृषि तथा पशुपालनको लागि बीउ बितरण र बिमाको व्यवस्था गरिएको बताईएको छ । वडाले यस वर्ष ४७ जना जेष्ठ नागरिक, सहिद तथा विपन्न परिवारलाई सम्मान गरेको छ । वडाले यस वर्षको अवधिमा दुई लाख ७९ हजार ४६८ रकम संकलन गरेको जनाएको छ ।

उक्त कार्यक्रममा सञ्चारका क्षेत्रबाट वडाको हितका लागि सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै सञ्चारकर्मीहरुलाई सम्मान समेत गरिएको छ ।

वडा अध्यक्ष धिरण सिर्पालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव देविलाल पुनले गर्नुभएको थियो भने वडा सदस्य लालबहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बिद्यालयका प्रधानाध्यापक, वडासदस्यहरु, पत्रकारहरु, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार