रुकुम पश्चिममा १२ थान बम फेला, सेनाद्वारा डिस्पोज

रुकुम पश्चिममा १२ थान बम फेला, सेनाद्वारा डिस्पोज

मुसिकोट । रुकुम पश्चिममा  १२ थान बम फेला परेको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने तिर्सिङमा आज १२ थान बम फेला परेपछि नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्पोज गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार चण्डिदल गण सल्लेका उप सेनानी दुर्गा केसीको नेतृत्वको टोलीले बम डिस्फोज गरेको हो । उहाँका अनुसार ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम डिस्पोज गरिएको हो ।

आज दिउँसो स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएका थिए । त्यसलगत्तै घटनास्थलमा प्रहरी पठाएईको र बम नै रहेको ठहर भएपछि डिस्फोजको लागि नेपाली सेनाको टोली बोलाईएको थियो ।

प्रहरीका अनुसार ती बमहरु केही वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार