बेपत्ता एक पुरुषको शव भेटियो

बेपत्ता एक पुरुषको शव भेटियो

मुसिकोट । रुकुम पश्चिममा भिरबाट खसेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार आठविसकोट नगरपालिका –४ गोतामगाउँ का ६० बर्षिय हिरे कामीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार स्थानीय ढुङगाखानीबाट घर छाउने ढुङगा निकाल्ने क्रममा मंगलबार भिरबाट खसेर उहाँ बेपत्ता हुनुभएको थियो । बेपत्ता हुनुभएका कामीको शव बुधबार प्रहरीले फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त शव फेला पारेको हो । शव भिरबाट करिब सात सय मिटर तल रहेको थियो । प्रहरीले डोरीको सहायताले शव निकालेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार