विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ७ ले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

मंगलबार वडाको जनज्योति आधारभुत विद्यालय डाँफे र भानुभक्त आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

जनज्योति आधारभुत विद्यालय डाँफेका १२९ जना र भानुभक्त आधारभुत विद्यालयका ७५ विद्यार्थीलाई झोला, कापी, कलम वितरण गरिएको वडा अध्यक्ष अमृत बुढाले जानकारी दिनुभएको छ । उहाँका अनुसार जनज्योति आधारभुत विद्यालय डाँफेका बालविकासमा अध्ययनरत विद्यार्थीलाई झोला, २५ वटा कापी र १२ वटा कलम वितरण गरिएको छ ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रबि केसी, वडा अध्यक्ष अमृत बुढा, वडा नम्बर ३ वडा अध्यक्ष केशर बिक, शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट, वडा सचिव, विभिन्न राजनितीक दलका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थी लगायतको आथ्यिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार