बोहरागाउँ नजिकै अटो दुर्घटना हुँदा एक जना घाईते

बोहरागाउँ नजिकै अटो दुर्घटना हुँदा एक जना घाईते

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । बुधबार दिउँसो रा १ ह ६३७१ नम्वरको अटो दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

घाईते हुनेमा अटो चालक डोरे नगरपालिका ४ पर्सा निवासी २७ वर्षिय सेकेन्दार दास तत्वा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो । घाईतेलाई मुसिकोट नगरपालिका ५ मा रहेको मनकामना अस्पतालमा प्रारम्भिक उपचारपछि दांग रिफर गरिएको छ ।

प्रहरीका अनुसार उक्त अटो रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्वर ५ सेरावाङ्ग निवासी २३ वर्षिय सुरेन्द्र कामीले गत पुस १७ गते दांग घोराहिको राप्ती अटो पार्टसबाट किस्तामा निकालेका थिए । किस्ता तिर्न नसकेपछि अटो पार्टसबाट खटिएर आएका सेकेन्दार दास तत्वाले रुकुम पूर्वबाट दांगतर्फ लैजाने क्रममा बोहरागाउँमा दुर्घटना भएको हो ।

अटो राप्ती राजमार्ग अन्तर्गतको बोहरागाउँको सडकबाट करिब २० मिटर तल खसेको बताईएको छ । दुर्घटना भएको अटोमा अन्य कोहिपनि सवार नरहेको प्रहरीको भनाई रहेको छ । सालको रुखमा अड्एिको र सिसा फुटेको अवस्थामा अटो रहेको छ । घाईतेको अवस्था सामान्य रहेको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार