एनएमबिद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

एनएमबिद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

मुसिकोट । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोटले बिमाको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

जिल्लाको मुसिकाेट नगरपालिका १ मा व्यवसाय गर्दै आउनुभएकी नैना खड्कालाई बिमा रकम हस्तान्तरण गरिएको हो ।

एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोटका शाखा प्रबन्धक बेग बहादुर ओलीका अनुसार आदर्श एनएमबी व्यापार समुह (केन्द्र १०९) का सदस्य नरबहादुर ओलीको मृत्यु भएपछि उहाँकी श्रीमती खड्कालाई मृत्यु दाबि रकम उपलब्ध गराईएको हो । ओलीको गत वर्ष साउन १४ निधन भएको थियो ।

मृतक ओलीकी हकदार खड्कालाई तीन लाख दश हजार बिमित रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक ओलीले बताउनुभयो । एनएमबि लघुवित्त वित्तीय संस्थाले गरिबी निवारणमा टेवा पुग्ने विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार