पुथामा निर्माणाधिन विद्यालय भवनको काम रोकियो

पुथामा निर्माणाधिन विद्यालय भवनको काम रोकियो

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले निर्माणधिन विद्यालय भवनको स्टमेट अनुसार काम नभएपछि निर्माण कार्यमा रोक लगाएको छ । गाउँपालिका वडा नम्बर १३ मा रहको आधारभूत विद्यालय पदमीको भवन निर्माण कार्यमा रोकिएको हो ।

सोमबार भवन निर्माणको क्रममा गुणस्तरहिन काम भएको पाईएपछि पुथा उत्तरगंगा गाउँपालिकाबाट गएको अनुगमन टोलीले भवन निर्माणको काममा रोकेको छ ।

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको अनुगमन टोलीले प्राविधिक स्टमेट अनुसार काम नभएको र गुणस्तरहिन काम भएको पाईएपछि काम रोक्न निर्देशन दिएको हो ।

उजेली न्यूज सँग कुरा गर्दै पुथा उत्तरगंगा उपाध्यक्ष भुपेन्द्रा बुढाले सिमेन्ट, बालुवा र गिठ्ठीको रेसियो नमिलेको, गिठ्ठी र वालुको गुणस्तर कम भएको, स्टमेट अनुसारको सरियाको प्रयोग नभएको पाईएपछि काम रोकिएको बताउनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा विद्यालय भवन निर्माणको काममा विद्युत लाईको पाईप नराखिएको, भिजेको सिमेन्टको प्रयोग भएको, मिक्चर मेसिनको प्रयोग नभएको बताइएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २७ लाख ५० हजार बजेटमा उक्त भवन निर्माणको लागि गाउँपालिकासँग सम्झौता भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार