शान्ति सुरक्षा माग गर्दै लघुवित्तका कर्मचारीले बुझाए सिडिओलाई ज्ञापन पत्र

शान्ति सुरक्षा माग गर्दै लघुवित्तका कर्मचारीले बुझाए सिडिओलाई ज्ञापन पत्र

मुसिकोट । लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमका पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापन पत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको मञ्चका बरिष्ठ उपाध्यक्ष संगम देवकोटाले जानकारी दिनुभयो ।

लघुवित्त कर्मचारी मञ्चले शान्ति सुरक्षा नभए आफूहरु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । लघुवित्त संस्था विरुद्ध विगतदेखि केही व्यक्ति तथा राजनीतिक समूहले ‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति’ नामको अवैधानिक समुहले विभिन्न गतिविधि गरेकाले कारवाही गर्न माग लघुवित्तकर्मीहरुले माग गरेका छन ।

पछिल्लो केही समयदेखि केही व्यक्ति तथा समूहले लघुवित्त विरुद्धको संघर्ष समिति नामको समूहमार्फत संस्थाहरूको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरू माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरूको मनोबल गिराउने जस्ता अराजक गतिविधि भइरहेको जानकारी गराउँदै संघले आज देशका ७७ वटै जिल्लामा कर्मचारीहरूमार्फत ज्ञापन पत्र बुझाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार