मदन भण्डारीको जन्मजयन्तीमा रुकुम पश्चिममा ब्याडमिन्टन प्रतियोगिता

मदन भण्डारीको जन्मजयन्तीमा रुकुम पश्चिममा ब्याडमिन्टन प्रतियोगिता

मुसिकोट । रुकुम पश्चिममा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ७२ औं जन्मोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएको छ ।

आज नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको आयोजनामा एमालेको पार्टी कार्यालय बागबजारमा ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ९ जोडिले प्रतिस्पर्धा गरेको प्रतियोगितामा बिनय बोहरा र गोपाल रोकाको जोडी प्रथम भएको छ ।

यस्तै फाइनलमा सन्तोष बिष्ट र दिपक थापाको जोडिलाई पराजित गर्दै बिनय र गोपालको जोडि प्रथम भएको हो । प्रतियोगितामा भिमराज ओली र दिनेश पुनको जोडि तृतिय भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार