प्रेम संगमको ‘निदाउन सक्दिन’ गजल गित सार्वजनिक (भिडियो)

प्रेम संगमको ‘निदाउन सक्दिन’ गजल गित सार्वजनिक (भिडियो)

मुसिकोट । गजलकार प्रेम संगम (प्रेमबहादुर घर्ती) को गजल गित ‘निदाउन सक्दिन’ सार्वजनिक भएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ निवासी प्रेम संगमको शब्द सृजना र भ्याइस अफ नेपाल सिडि विजय अधिकारीको स्वरमा रहेको गजल गित ‘निदाउन सक्दिन’ आज सार्वजनिक भएको हो ।

प्रेम सम्बन्धमा आधारित उक्त गजल गितमा विजय अधिकारीको स्वर तथा संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त गितमा निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ । दिन्सन शाहको सम्पादन रहेको उक्त गजल गितको निर्देशन सन्तोष राज बयकले गर्नुभएको हो ।

विभिन्न कारणले प्रेम सम्बन्धमा आउने उतार चढावलाई गितमा देखाइएको छ । केटीले वैदेशिक रोजगारीका लागि जाम भनेको र केटाले जान नमानेपछि केटी अर्कैसंग गएपछि प्रेम विछोडको वियोगान्तमा केटाले उक्त गजल सृजना गरेको देखाइएको छ ।

शब्द रचनाकार प्रेम संगम रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत हुनुहुन्छ । उक्त गित सिडि विजय अधिकारीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार