लघु कर्जा सम्बन्धि अन्तरक्रिया

लघु कर्जा सम्बन्धि अन्तरक्रिया

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा लघु कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मेडेप अन्तरगत सोमबार त्रिवेणी गाउँपालिकाको आयोजना र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा ४९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लघु कर्जा, व्यवस्थापन र सञ्चालनको बारेमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीको आथित्यता रहेको थियो । कार्यक्रमको सहजिकरण मेरोमाइक्रो फाइनान्स मुसिकोटका शाखा प्रबन्धक गोबिन्द थापा र सहायक संगम देवकोटाले गर्नुभएको थियो ।

यस्तै मुसिकोटमा पनि लघु कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजिकरण मेरोमाइक्रो फाइनान्सका सहायक शकुन्तला केसी र लोकराज पन्तले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार