सवारी कारबाहीबाट ३४ लाख २४ हजार राजस्व सङ्कलन

सवारी कारबाहीबाट ३४ लाख २४ हजार राजस्व सङ्कलन

मुसिकोट । रुकुम पश्चिममा आर्थिक बर्ष २०७९/०८० मा ३ हजार ९ सय ९१ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी कारबाहीबाट ३४ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

कारबाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जसमा २ हजार ९६ वटा मोटरसाइकल कारबाहीमा परेका छन। जिल्ला ट्राफिक प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतका अनुसार जसबाट १७ लाख ६७ हजार राजस्व संकलन भएको छ ।

यस्तै ५ सय १० वटा ट्याक्टर कारबाहीबाट ७ लाख ३ हजार, ४ सय ९५ वटा जिप, कार र भ्यान कारबाहीबाट ४ लाख ४३ हजार ५ सय, ३ सय ८२ ट्रक तथा ट्यांकर कारबाहीबाट ३ लाख ३२ हजार, ३ सय ६८ बस तथा मिनिबस कारबाहीबाट ३ लाख १२ हजार ५ सय र १ सय २८ वटा टेम्पो कारबाहीबाट १ लाख २ हजार ५ सय राजस्व संकलन भएको छ ।

दर्ता नभएका, रुट परमिट नभएका, लाइसेन्स नभएका, रुट परमिट , क्षमताभन्दा बढी यात्रु तथा सामग्री बोकेका सवारी साधन कारबाहीमा परेको इन्चार्ज कठायतले बताउनुभयो ।

आर्थिक बर्ष २०७९/०८० मा जिल्लाभर ७३ वटा सडक दुर्घटना हुदा १२ जनाको मृत्यु र १३२ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार