सात बार सात दिन

सात बार सात दिन

कुन् बारमा कुन् देवता पूजा गर्ने भनेर
आमालाई सोधें मैले औंला गनेर

कस्को कस्को पूजा हुन्छ सात बार सात दिन्
सुन है त भन्नुभयो बाबु एकै छिन् ।

आइतबार सूर्यदेव पूजापाठ गर है
सोमबार शिवजीको ब्रत बस है ।

मंगलबार गणेशजी र पूजा गर हनुमान्
बुधबार काले कृष्ण विथाल रुप छन् ।

बहिबार बृहस्पति पूजा गर विष्णुको
शुक्रबार महालक्ष्मी दुर्गा माताको ।

शनिबार शनिदेव जल चढाऊ पीपल
शनिदेव ग्रह दशा पार्छन् शीतल ।

आमाबाट थाहा पाएँ आज मात्रै अहिले
नित्य पूजा गर्नुहुन्छ किन जहिले ?

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ तम्घास, गुल्मी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार