मलेसियामा ज्यान गुमाएका मृतक परिवारलाई आर्थिक सहयोग

मलेसियामा ज्यान गुमाएका मृतक परिवारलाई आर्थिक सहयोग

मुसिकोट । मलेसियामा ज्यान गुमाएका रुकुम पश्चिमका एक मृतक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका-७ का २६ वर्षिय भरत कुमार ओलीको परिवारलाई शनिबार घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै स्थानीय युवाहरुले मृतक भरतको लास व्यवस्थापनका लागि सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । युवा व्यवसायी एव सामाजिक अभियान्ता त्रिवेणी गाउँपालिका ७ निवासी महेश ओलीका अनुसार आज मृतक ओलीको परिवारलाई ४ लाख ५९ हजार ४०० रुपिँया हस्तान्तरण गरिएको हो ।

वडा अध्यक्ष धनबहादुर खड्का, पूर्व वडा अध्यक्ष बिर बहादुर खड्का, स्थानीयबासी लगायतको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
साउन १८ गतेदेखि २० गते बिहानसम्म भरतको शव व्यवस्थापनका लागि सहयोग अभियान चलाईएको अभियान्ता ओलीले जानकारी दिनुभयो ।

उक्त अभियानमा महेशसँगै स्थानीय राजु डाँगी, यामप्रसााद डाँगी, कलिभान ओली, पल बहादुर केसी र त्रिवेणी गाउँपालिका वडा नम्वर १० का पदमप्रकाश खत्री रहनु भएको थियो ।

साउन १७ गते मलेसियाको सेलाङगरस्थित बान्तिङ भन्ने स्थानमा रहेको कोठामा मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार