यस्तो छ – काँग्रेस रुकुम पश्चिमको आन्तरिक बिशेष अभियानको कार्यक्रम तालिका

यस्तो छ – काँग्रेस रुकुम पश्चिमको आन्तरिक बिशेष अभियानको कार्यक्रम तालिका

मुसिकाेट । नेपाली काँग्रेस रुकुम पश्चिमले पत्रकार सम्मेलन मार्फत जिल्लामा सञ्चालन हुने आन्तरिक बिशेष अभियानको जानकारी दिएको छ ।

आज मुसिकोटस्थित पार्टी कार्यालय बिपी स्मृति भवनमा पत्रकार सम्मेलन गरेर उक्त अभियानको जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीले साउन २१ र २२ गते सम्पन्न समिति बैठकबाट अभियानको कार्यतालिका तय गरिएको बताउनुभयो ।

उहाँका अनुसार आज २३ गते मुसिकोट नगरपालिमा, २४ गते चौरजहारी नगरपालिकामा र २५ गते त्रिवेणी गाउँपालिकामा उक्त अभियान अन्तर्गतका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो । त्यसैगरी २६ गते बाँफिकोट गाउँपालिका, २७ गते सानीभेरी र २८ गते आठबिसकोट नगरपालिकामा आन्तरिक बिशेष अभियान कार्यक्रम सञ्चालन हुनेछ ।

उक्त अभियानका क्रममा पार्टीको आन्तरिक समस्याहरु समाधानका लागि छलफल हुने, रिक्त रहेका वडा तथा पालिका समितिको पद पुर्ति गरिने, कार्यकर्ताहरुका गुनासो सुनुवाई गरिने, क्रियाशिल सदस्यहरुको अवस्था जानकारी हुने लगायतका कार्यक्रम हुनेछन् ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य कर्ण बहादुर बुढाले केन्द्रीय समितिको साउन २ गते देखि १० गते सम्म बसेको बैठकको निर्णय अनुसार रुकुम पश्चिममा अभियान सञ्चालन हुन थालेको बताउनुभयो । यस अभियानले थप व्यवस्थित र बलियो नेपाली काँग्रेस हुने उहाँले उल्लेख गर्नुभयो । ३० गतेसम्म पहिलो चरणका सबै कार्यक्रम सकेर जिल्लामा समिक्षा गर्ने र सोहि अनुसारको प्रतिवेदन केन्द्रलाई पेश गरिने उहाँले जनाउनुभयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री गोपाल जि जंग शाहले गाउँमा सत्ता गठबन्धनको अवस्था र कार्यकर्ताको मनोभावना बुझ्ने काम हुने बताउनुभयो । उहाँले जिल्लामा गठबन्धन दलका बिचमा भएको समझदारी पालना नभएको आफ्ना कार्यकर्ताहरुबाट गुनासो आईरहेको हुनाले त्यस बिषयमा पनि स्थानीयस्तरमै पुगेर प्रष्टता हुने उहाँको भनाई छ ।

जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सह सचिव यज्ञ बिष्टले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार