नेबिसंघको केन्द्रीय सदस्यमा रुकुम पश्चिमका पाँच जना मनोनित

नेबिसंघको केन्द्रीय सदस्यमा रुकुम पश्चिमका पाँच जना मनोनित

मुसिकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको केन्द्रिय तदर्थ समितिमा सदस्यहरु मनोनित गरिएको छ ।

सोमबार काँग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेबि संघमा ७१० जना केन्द्रिय सदस्य मनोनित गर्नुभएको हो ।

तदर्थ समितिको केन्द्रीय सदस्यमा रुकुम पश्चिमबाट पाँच जना मनोनित हुनुभएको छ । रुकुम पश्चिमबाट मनोनित हुनुहुने केन्द्रीय सदस्यहरुमा बिद्यार्थी नेता कर्ण ओली, सुशिल खड्का, बिजय शाह (अनुराग), सुवोध ओली र अजय कुमार चन्द रहनुभएको छ ।

केन्द्रीय सदस्य कर्ण ओली र खड्का यस अघि नेबिसंघ सिटिईभिटीको केन्द्रीय अध्यक्ष भईसक्नुभएको छ भने शाह आरआर क्याम्पसको ईकाई सचिव भईसक्नुभएको छ । त्यसैगरी ओली नेबिसंघको सिटिईभिटीका उपााध्यक्ष र चन्द नेबिसंघमा आबद्ध हुनुुहन्थ्यो ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि अब जिल्लामा संगठनको सुदुढिकरण र बिस्तारको काममा खटिने केन्द्रीय सदस्य कर्ण ओलीले बताउनुभयो । उहाँले बिभिन्न बिद्यालय र क्याम्पस स्तरमा समिति गठन तथा पुनर्गठन गर्ने, संगठनलाई क्रियाशिल बनाउने, प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने र पार्टीसँग जोड्ने पुलको काम गर्ने उल्लेख गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार