सल्लेमा महिलाको हत्या गरेको आरोपमा दुई महिला पक्राउ

सल्लेमा महिलाको हत्या गरेको आरोपमा दुई महिला पक्राउ

मुसिकोट । रुकुम पश्चिममा एक महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाकाे रुकुम मुसिकाेट नगरपालिका वडा नम्बर १ कि ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका वडा नम्बर ५ टटेला निवासी ३० वर्षिय शोभा कुमारी सुनार सोनीलाई पक्राउ गरेको हो ।
प्रहरीले सोमबार बेलुका पत्रकार सम्मेलन गरेर घटनाका संलग्न भएको आरोपमा दुई जनालाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको र शोभा कुमारी सुनारलाई प्रमाण लुकाउन संलग्न भएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

बोहराले मृतक बुढाथोकीसँग हिमचिम बढाएर गहना र पैसा लुट्ने मनसायले ढुंगाले कन्चटमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको हत्या गरेर बोहराको एक थान मोबाईल, एक थान पोते, एक थान सुनको सिक्रि, एक थान तिलहरी, एक जोडि कानबाली र एक थान चन्द्रमा लुटेको प्रमाण प्रहरीेले फेला पारेको छ । यसका साथै प्रहरीले रगत लागेको अवस्थामा रहेको ढुंगा समेत बराबद गरेको छ ।

लुटिएका सुनका गहना खलंगा बजारमा सुनचाँदि व्यवसाय गर्ने सोनीले बिना बिल बजार मूल्य भन्दा पचास हजार कम मूल्यमा खरिद गरेर गालेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई रहेको छ । आरोपी दुबैजनालाई प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आवराधिक उपद्र शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । गत शुक्रबार राती बुढाथोकीको हत्या भएको थियो भने भोलिपल्ट मात्र उहाँको शव घरमै फेला परेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार