संगठन सुुदृढीकरणका लागि काँग्रेस रुकुम पश्चिमको ‘बिशेष आन्तरिक अभियान’

संगठन सुुदृढीकरणका लागि काँग्रेस रुकुम पश्चिमको ‘बिशेष आन्तरिक अभियान’

मुसिकाेट । आन्तरिक संगठन सुदृढीकरणको लागि नेपाली काँग्रेस रुकुम पश्चिमले ‘बिशेष आन्तरिक अभियान’ कार्यक्रम सुरु गरेको छ।आईतबार नेपाली काँग्रेसको जिल्ला पार्टि कार्यालय बि.पि. स्मृति भवन खलङगामा अभियानको सुरुवात गरिएको हो ।

अभियानको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले गर्नुभएको पार्टीका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिक बिशेष अभियान अन्तर्गत जिल्लाका ६ वटै पालिका र आवश्यकता अनुसार वडा समेतमा अभियान सञ्चालन गरिने छ । यस क्रममा संगठन  सुदृढिकरणका लागि छलफल, रिक्त समितिमा पदपूर्ति, पार्टि कार्यकर्तालाई प्रशिक्षण लगायतका कार्यक्रमहरु गरिने छ ।

यसका साथै गाउँ सेवा दल समेत गठन गरिने कार्यक्रम रहेको छ । त्यसका लागि भने कार्यबिधि तयार हुन बाँकि रहेका सचिव भण्डारीले जानकारी दिनुभयो । आन्तरिक बिशेष अभियान साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार