रुकुम पश्चिम क्रिकेट संघको अध्यक्षमा दिपक बाँठा निर्वाचित

रुकुम पश्चिम क्रिकेट संघको अध्यक्षमा दिपक बाँठा निर्वाचित

मुसिकोट । जिल्ला क्रिकेट संघ रूकुम पश्चिमको अध्यक्षमा दिपक बाँठा मगर निर्वाचित हुनुभएको छ ।  शनिबार  खलंगामा भएको संघको प्रथम साधारण सभा एवं अधिवेशनले बाँठाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संघकाे उपाध्यक्षमा गोपाल लामिछाने, सचिवमा मनिष खड्का र कोषाध्यक्षमा नरबहादुर ओली निर्विरोध हुनुभएको छ । त्यस्तै सदस्यमा कुलप्रसाद ओली, नवराज बाँठा, अनिशेष केसी, बालकुमार नकाल र बिबश गिरी रहनुभएको छ ।

जिल्ला क्रिकेट संघ रूकुम पश्चिम तदर्थ समितिका अध्यक्ष दिपक बाँठामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सदस्य पदम खड्काको प्रमुख र जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष गोविन्द ओलीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी, कालिकोटका अध्यक्ष खड्कजंग शाही, जिल्लास्थित खेलकुद संघ संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष गोपाल लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव मनिष खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार