क्यान्सरपीडित जनककाे उपचारकाे लागि आर्थिक सहयोग प्रदान

क्यान्सरपीडित जनककाे उपचारकाे लागि आर्थिक सहयोग प्रदान

क्यान्सरपीडित जनककी आमालाई रकम हस्तान्तरण गर्नुहुँदै पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी ।

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ निवासी १७ वर्षिय जनक ओलीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

घाँटिको क्यान्सरका कारण पीडित हुनुभएका ओलीको उपचारमा आर्थिक समस्या भएपछि विभिन्न व्यक्तिहरुले गर्नुभएको सहयोग आज उहाँकी आमालाई हस्तान्तरण गरिएको हो ।

सहयोगी अभियान्ता सानीभेरी गाउँपालिका ८ घर भई हाल जापानमा रहनुभएका नवराज केसीले बिरामी ओलीको आमा पवित्रा ओलीलाई ६० हजार रुपिँया हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आईतबार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी मार्फत बिरामीको आमालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

बिरामी ओलीको घाँटिमा क्यान्सर भएको गत फागुनमा मात्र पत्ता लागेको थियो । हिमालय मावि खोलागाउँमा बालि विज्ञान संकाय पढ्दै गरेका जनकलाई हाल उपचारमा आर्थिक समस्या परेको छ ।

जनककी आमा पवित्राका अनुसार छोराको उपचारको लागि घरको जायजेथा बेचेर हालसम्म करिब १६ लाख खर्च भैसकेको छ । अहिलेसम्म आठ पटक किमो चढाएको र २० पटक रेडियोेथेरापी गरिसकिएको तर डाक्टरले नियमित उपचार गरिरहनुपर्ने बताएको आमा पवित्राले उल्लेख गर्नुभयो । जनकलाई अहिले घरमै राखिएको छ ।

संहयोग संकलन अभियान्ता केसीले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि अनुरोध गरिएकोमा विभिन्न सहयोगी दाताहरुले उक्त रकम उपलब्ध गराएको बताउनुभयो ।
आज हस्तान्तरण गरिएको रकम विभिन्न व्यक्तिहरुले आफूले सहयोगका लागि आह्वान गरेको बैंक खातामा जम्मा गरेकोले र पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी मार्फत बिरामीको आमालाई दिईएको अभियान्ता केसीले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार जनकको उपचारको लागि आफूले पाँच हजार दिनुभएको हो भने खमबहादुर ओलीले दश हजार एकसय, यामबहादुर खड्काले दुई हजार, प्रेम केसीले ६ हजार पाँचसय, बिनोद बिसीले पाँच हजार, उदिराम ओलीले चार हजार सहयोग गर्नुभएको छ ।

त्यसैगरी प्रकाश केसीले एक हजार, मोहन केसीले पाँच हजार तीन सय, पुष्पा ओली डाँगीले एक हजार पाँच सय, डियर लाल ओलीले दुई हजार ५२५, पलभान ओलीले दुई हजार, तुलबिर केसीले दुई हजार, तिलक केसीले दुई हजार, विकास ओलीले दुईहजार, छबिलाल केसीले एक हजार ६०५, मनजिता ओलीले एक हजार ६०५, कपिल ओलीले दुई हजार ९१०, रमेश खड्काले एक हजार ४५५ र धनविर ओलीले एक हजार ४५५ रुपिँया सहयोग गर्नुभएको छ ।

उपचाररत जनक ओली

क्यान्सरपीडित जनकको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।

नाम : NABARAJ KC

माेबाइल नम्बर : 9849374479

खाता नम्बर 0770850744205001

sunrise bank sanibheri branch

जापानमा हुनेहरुका लागि सम्पर्क 08064530800 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार