रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा शिक्षकहरुको धर्ना

रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा शिक्षकहरुको धर्ना

मुसिकोट नगरपालिकामा भएको धर्ना कार्यक्रम ।

मुसिकोट । शिक्षक तथा कर्मचारीहरुको मागको सम्बोधन हुनुपर्ने भन्दै रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा शिक्षकहरुले धर्ना दिएका छन् । शिक्षा ऐन मार्फत आम शिक्षक तथा कर्मचारीका माग सम्बोधनको माग गर्दै उनीहरुले आज बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म धर्ना दिईएको हो ।

नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाका सह अध्यक्ष टिकाराम बिष्टका अनुसार देशभरका ७५३ वटै स्थानीय तहमा धर्ना दिने केन्द्रीय कार्यक्रम अनुसार रुकुम पश्चिमका ६ वटै पालिकामा धर्ना दिएको हो ।

धर्नामा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ र शिक्षकका पेशागत संघ संगठनका प्रमुख तथा प्रधिनिधिहरुको सहभागिता रहेको बिष्टले बताउनुभयो ।

राहत र साविक उच्च मावि शिक्षकहरु अझै अस्थायी नै रहेकोले परीक्षामा सहभागी भई उत्तिर्ण नहुने शिक्षकलाई अस्थायी शिक्षकले पाए सरहको गोल्डेन हेण्डसेक सुविधा, सामाजिक सुरक्षा कोषको प्रवन्ध र सबै दरबन्दीलाई स्वीकृत दरबन्दिमा परिणत गरी शिक्षक सेवा आयोग मार्फत स्थायी गर्नुपर्ने माग नेपाल शिक्षक महासंघले गरेकाे छ ।

त्यस्तै बाल शिक्षामा काम गर्ने शिक्षकहरुको तलब बृद्धि, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, स्थायी शिक्षकका लागि आवधिक बढुवाको व्यवस्था, ग्रेड र तलब विभेद मिलान, शिक्षक सेवा आयोगबाट सोझै विद्यालयको प्रध्यानाध्यापक तोक्न र पद समायोजन लगायतका माग राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार