सिम्लीमा बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद गरी नष्ट

सिम्लीमा बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद गरी नष्ट

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली बजार क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरिएको छ।

खाद्यन्न तथा दैनिक उपभोग्य बस्तुहरुमा मुल्य वृद्धि, म्याद नाघेका बस्तुको बिक्री वितरण भए नभएको र दर्ता नविकरण भए नभएको जाँच गर्न बजार अनुगमन गरिएको जनाइएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीका अनुसार किराना पसल, मासु पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग, कोल्ड स्टोर, कस्मेटिक लगायतका पसलहरुमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा केहि व्यवसायहरु दर्ता नभएको, दर्ता भएकाहरुको समयमै नविकरण नभएको, म्याद गुज्रिएका सामान बिक्रि गरिएको र मूल्य सूचि नराखिएको पाईएको थियो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका मसला, जिरा, आटा, करेन्ट चिया पत्ति, बेसार, चक्लेट, दालमोट र धुलो खुर्सानी जफल गरेर आजै नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै अनुगमनका क्रममा व्यवसायीहरुलाई पहिलो पटक सुझाव दिईएको र सुझाव पुरा नभएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारबाहि गरिने सानीभेरी गाउँपालिका ९ नम्बर वडा अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिनुभयो ।

अनुगमन टोलीले कानूनी प्रक्रिया पुरा गर्न, तोकिएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न सुझाव दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार