मुसिकोटका २० पसलमा अनुगमन

मुसिकोटका २० पसलमा अनुगमन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगा बजारमा अनुगमन गरिएको छ ।

महँगी, कालोबजारी रोक्न तथा बजारमा सुशासन कायम गर्ने उद्धेश्यले मुसिकोट नगरपालिकाको आयोजनामा बुधबार खलंगा  बजारमा रहेका २० वटा पसलमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा खलंगा बजारमा संचालन गरिएका सडक आसपासका अधिकांस घुम्ती पसलहरु दर्ता बिना नै संचालन पाईएको छ ।

ठुला किराना पसलहरु मापदण्ड अनुसार भए पनि साना घुम्ती पसलहरु भने मापदण्ड अनुसार संचालन नगरेको पाईएको छ । नगरपालिकामा दर्ता गरेर व्यवसाय संचालन गर्नु भए पनि दर्ता नै नगरेको पाईएको नगर उप–प्रमुख बिमलकुमार पुनले जानकारी दिनुभयो ।

“दर्ता नगरेको, नविकरण नगरेको, कर नबुझाएको र मुल्यसुचि नराखेको पाईएको छ, हामिले त्यस्ता पसल संचालकहरुलाई एक हप्ता भित्र नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेका छौ”, उहाँले भन्नुभयो । पहिला अनुगमणका बेलामा सुधार गर्नु भनेका कुरा पनि सुधार नभएको पाईएको उप प्रमुख पुनले जानकारी दिनुभयो ।

आज नगरपालिकाले उप–प्रमुख पुनको नेतृत्वमा तल्लो वजार र पातुखोलामा रहेका पसलको अनुगमण गरेको थियो । पसलहरुमा म्याद गुज्रिएका समान नभेटीएको पाईए पनि अन्य मापदण्ड भने नभएको पाईएको हो ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार