युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न अधिकारकर्मीको माग

युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न अधिकारकर्मीको माग

मुसिकोट । रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर १ लुकुममा युवतीमाथि दुर्व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ ।

बुधबार रुकुम पश्चिममा रहेका महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायले सयुक्तरुपमा प्रेस विज्ञप्ती निकाल्दै युवती माथि दुव्र्यबहार गर्नेहरुलाई कडा कार्बाहीको माग गरिएको हो ।

श्रावण ४ गते साउने संक्रान्ति“तिवार राखे“ पर्वको दिन लकुम गाउँमा २० वर्षिय युवतिलाई ४ जना पुरुषले दुव्र्यबहार गरेको भिडियो सामाजिक सार्वजनिक भएको थियो । ४ जना पुरुषहरुको समुहले विहेको लागि जवजस्ती लैजान खोजेको, जान नमान्दा महिला माथी हातपात तथा अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

“कानूनतः र व्यवहारिक रुपमा विवाहका लागि केटा र केटी दुवैजना राजि हुन र २० वर्ष पुग्न जरुरी हुन्छ, नेपालमा विहेको नाममा यस्ता अमानविय व्यवहार हुनु आफैमा दुःखद कुरा हो, यस घटनाले महिलाहरुको स्वतन्त्र रुपमा हिड्डुल गर्न पाउने अधिकार समेत खोसेको छ”, प्रेस विज्ञप्तीमा भनिएको छ ।

घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अमानविय घटनाप्रति बाल विवाह विरुद्ध साझा अभियान रुकुम पश्चिममा आबद्ध विभिन्न मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

यस्ता घटनाहरु पुनः हुन नदिन, पिडितलाई क्षतीपुर्ती सहित न्याय दिन र यस घटनामा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्न पनि माग गरिएको हो ।

सयुक्त प्रेस विज्ञप्ती :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार