भिरबाट लडेर घाइते भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

भिरबाट लडेर घाइते भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

मुसिकोट । रुकुम पश्चिममा भिरबाट लडेर घाइते भएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

आठविसकोट नगरपालिका १ स्याँलाखदीकी ३५ वर्षिया वासमती दमाई घाँस काट्न गएको बेला भिरबाट लडेर घाइते हुनुभएको थियो ।

टाउँको, छाती र खुट्टामा गम्भीर चोट लागेर घाईते भएकी वासमतीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको चण्डीदल गण सल्लेका गणपति बरूण केसी खत्रीले जानकारी दिनुभयाे ।

उहाँ शनिबार घर नजिकैको तुलाको भिरमा घाँस काट्ने क्रममा लडेर घाइते भएपछि उपचारका आज बिहान ११ बजेतिर वडा नम्बर २ स्थित स्वास्थ्य संस्थामा ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्य चौकीले रेफर गरेको जनाइएको छ ।

घटना स्थलमा सडक अबरुद्ध भएकाले घाईतेको उद्धारमा कठिनाई भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार नगरपालिकाको सहयोगमा सुर्खेतबाट हेलिकप्टर मगाएर उद्वार गरिएको जनाईएको छ । घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा घाईतेको उद्धार गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार