संस्कृति लिएर आउँदैछन् आरसी र डिल्ली

संस्कृति लिएर आउँदैछन् आरसी र डिल्ली

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका निवासी गीतकार आरसी खड्का र गायक डिल्ली परियारले असोज ५ गतेभित्र संंस्कृति बोलको गित बजारमा ल्याउने तयारी गर्नुभएको छ ।

कलाकार डिल्ली परियारले पश्चिमेली भाकाहरु मध्यको सिङ्गारु भाकामा तयार पारिएको उक्त गितकोे भिडियो सहित बजारमा आउने ल्याउन तयारी गरेको जानकारी दिनुभयो । टिपिकल शब्द र बाजागाजा सहित तयार गरिएको उक्त गितको भिडियो पनि टिपिकल नै रहेको परियारले बताउनुभयो ।

गितको शब्द आरसी खड्काले तयार गर्नुभएको हो । हाल अमेरिकामा रहनुभएका शब्द संकलक खड्काले अमेरिकामा रहेर पनि आफ्नो रितिथिति, कला संस्कृतिको सरक्षण गर्नु आफ्नो मुख्य ध्येय रहेकोले संस्कृति गित तयार पारिएको बताउनुभयो ।

गायक डिल्ली परियारले लय तथा म्युजिक एरेन्ज गर्नुभएको उक्त गितमा कलाकारहरु शान्ती श्री परियार, तिलक परियार र डिल्ली परियारको स्वर रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार