ए धरान ………..

ए धरान ………..

ए धरान !
एकपटक
आत्मसम्मानको
आगो बाल आगो
सल्काई दे चिराग
सल्काई दे सल्काई दे
नश्लवादका बिरूद्ध
आगो बाल आगो ।।१।।

किनकि
सदीयौंदेखि
नश्लवादको
सहनुको अभिषाप
हामीले बेहोरेका छौं
सहनुको पीडा
हामीले भोगेका छौं ।।२।।

ए धरान!
एकपटक
स्वाभिमानका खातिर
उठा सबलाई उठा
आँधी तुफान चला
चला बेस्सरी चला
नश्लवाद अन्त्य गर्न
सल्का आगो सल्का ।।३।।

किनकि ,
सदीयौंदेखि
नश्लवादको
घृणा र अपमान
हामीले बेहोरेका छौं
कथित मन्दिरमा
बलि बनाई
हामी मारिएका छौं ।।४।।

ए धरान !
एकपटक
अछुत बनाउनेलाई
असरल्ल
बनाई दे असरल्ल
हामीले
पुजा गर्न नपाउने
मन्दिर जलाई दे
मान्छेलाई विभेद गर्ने
मन्दिरको पुजारीलाई
छप्काई दे छप्काई दे ।।५।।

किनकि ,
सदीयौंदेखि
पुण्यका खातिर
मन्दिरका पुजारीहरूबाट
हामी लज्जित
बनाईएका छौं
तुच्छित गराईएका छौं ।।६।।

ए धरान !
एकपटक
बेकसुर मारिएका
अजित मिजारको
आवाज बोल
बोल नवराज विकको
चीत्कार बोल
बोल प्रतिरोधको
धावा बोल ।।७।।

त्यसैले
ए धरान !
छैनौ तिमी एक्लो
हामी यहाँ
तिम्रो आदेशको
पर्खाईमा छौं
मेरो वर्गको
हितमा नबोल्ने
म मेरो पार्टीको
घोषणापत्र च्यात्न
तयार छु
म र मेरो वर्गको
रक्षा र न्याय
दिन नसक्ने
संविधान जलाउन
तयार छु ।।८।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार