रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु–बहिनीको मृत्यु

रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु–बहिनीको मृत्यु

मुसिकोट । रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको हो । मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उहाँले बताउनुभयो ।

बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।

उनीहरु पढ्ने विद्यालय घरबाट झण्डै डेढ किमी दुरीमा पर्छ। विद्यालयबाट घर फर्किंदै गरेका दुबै छोराछोरीको बाढीले बगाएर मृत्यु भएपछि बुढाथोकी परिवार शोकमा डुबेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार