सर्पकाे टाेकाइबाट रुकुम पश्चिममा सुत्केरीको ज्यान गयो

सर्पकाे टाेकाइबाट रुकुम पश्चिममा सुत्केरीको ज्यान गयो

मुसिकाेट । रुकुम पश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । जिल्लाकाे चौरजहारी नगरपालिका वडा नम्बर १३ की २२ बर्षिया बिनिता बिष्टको आज बिहान मृत्यु भएको हो ।

मंगलबार दिउँसो घर नजिकै बारीमा गाईबस्तुलाई घाँस काट्ने क्रममा बिष्टलाई सर्पले टोकेको थियो । सर्पले टाेकेपछि उहाँलाई गाउँकै घरेलु उपचारले ठिक हुने भन्दै राखिएको थियो । परिवारका अनुसार बुधबार बिहान २ बजे नवजात शिशुको जन्म दिनुभएकी बिष्टलाई रक्तस्राव समेत भईरहेको थियो ।

उहाँलाई उपचारको लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याईएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्पको बिष शरीरमा फैलिएको र रक्तस्राव पनि रोकिएको थिएन ।

अस्पतालका अनुसार बच्चा जन्मने समयावधि कात्तिक महिनामा रहेको थियो । समय नपुगेर जन्मेको नवजात शिशुको अहिले अस्पतालको आईसीयुमा राखेर उपचार भैरहेको छ । शिशुको शरिरमा पनि सर्पको विष फैलिएकोले एन्टिस्नेक भेनम मार्फत उपचार सुरु गरिएको चिकित्सकको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार