काठमाडौं महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

मुकुन्द रिजाल। फाइल तस्बिर।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहनुभएका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि उपचार गराइरहनुभएका उहाँको निधनपछि नेपाली काँग्रेसका महामन्त्री गगन थापा, काठमाडौँ क्षेत्र नम्बर ७ का सङ्घीय सांसद प्रदीप पौडेल लगायतका काँग्रेसका नेताहरू अस्पतालमा पुगिसक्नुभएको छ ।

डेँगु सङ्क्रमण भएपछि उहाँलाई निमोनिया भएको थियो । उपचारका लागि आइसियु हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उहाँलाई श्रद्धाञ्जलि दिनका लागि शव बिहान ११ देखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार