कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे

कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे

चौरजहारी नगरपालिका १ मा रहेको भ्याली पब्लिक स्कुल ।

नेपालमा कृषि गर्ने जमिन घटेकाे र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । साताैं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हाे ।

नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालकाे तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हाे ।

अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार