जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक सञ्चालन हुँदै

जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक सञ्चालन हुँदै

मुसिकोट । बिरामीहरुलाई रगतको सहज ब्यवस्थाका लागि जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना हुने भएको छ । ग्रेस मिसन, सिंगापुरको आर्थिक सहयोग तथा रुपान्तर नेपालको साझेदारीमा मुसिकोट नगरपालिका सँग भएको सम्झौता अनुसार जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना हुन लागेको हो ।

ब्लड बैंक स्थापनाको लागि आवश्यक सामाग्रीहरु मुसीकोट नगरपालिकालाई उपलब्ध गराइएको रुपान्तर नेपालका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो ।

३० लाखको ब्लड बैंकलाई आवश्यक सामाग्रि प्राप्त भएको मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । ब्लड बैंकमा २४ घण्टा विद्युत आपुर्तीको लागि सोलास आउन बाँकी रहेको उहाँले बताउनुभयो । “ब्लड बैंकलाई आवश्यक अन्य सामान हामिले पाईसकेका छौ । अव विद्युत आपुर्तीको लागि सोलार मात्र आउन बाँकी छ । जिल्लामा विद्युत पनि नियमित छैन । सोलार त अनिवार्यनै चाहिन्छ ।”, नगर प्रमुख केसीले भन्नुभयो ।

सामान नगरपालिकामा रहेको र सोलार आउन वित्तिकै समान जडानको काम हुनेछ । जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक नहुँदा सुत्केरी आमा, रगत चाहिकेका विरामि र दुर्घटनामा परेका विरामिहरुको लागि रगतको जोहो गर्न निकै समस्या हुने गर्छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले अस्पतालमा आवश्यक रगत दिने गरेका छन् । रगत नपाएको खण्डमा विरामिलाई चौरजहारी अस्पताल र जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ ।

अस्पतालमा ब्लड बैंक स्थापना भएमा रगत अभावमा कुनै पनि विरामिलाई बाहिर पठाउनु पर्ने अवस्थाको अन्त्य हुने विस्वास लिईएको छ । जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना भएसंगै रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका विरामिलाई सहज हुने  । अहिले जिल्ला अस्पताल सल्लेमा रुकुम पूर्व र रोल्लाको केहि भागबाट प्रसुति सेवाको लागि गर्भवति महिलाहरु आउने गर्छन । ब्लड वैंकमा तीन सय पोका ब्लड स्टोर गर्न सकिने रुपान्तर नेपालका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना भएसंगै जिल्लामा ब्लड बैंक संख्या दुई पुग्नेछ । यो भन्दा पहिला जिल्लाको चौरजहारी नगरपालिकामा ब्लड बैंक स्थापना भैसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार