शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

विद्यालय शिक्षा विधेयकको विरोध

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

विद्यालय शिक्षा विधेयकको विरोध

फाईल फोटो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

शिक्षक र विद्यालयका कर्मचारीको मूलभूत मुद्दाहरुलाई सम्बोधन नगरीकन संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारकै कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको जानकारी दिए ।

तुलाधरले शिक्षककहरुलाई पञ्चायतकाल भन्दापनि अंकुश लगाउने गरी ऐन प्रस्तुत भएको बताए । उनले ऐनमा संघ सरकारले शिक्षकको तलव भत्ता सुनिश्चित गरेपनि दरबन्दी मिलानका क्रममा पालीकालाई अधिकार दिइएको भन्दै आपत्ति जनाए ।

तुलाधरले एउटा पालीकाले अर्को पालिकामा सोझै सरुवा गर्ने प्रावधानहरु ऐनमा उल्लेख भएको भन्दै यो विषय संशोधन हुनुपर्ने बताए । उनले पुरानै प्रणाली अनुसार पेन्सन पाउनुपर्ने बताए ।

अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायित्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरुको आरोप छ ।

यी हुन महासंघले अघि सारेका विद्यालय शिक्षा ऐनको मस्यौदामा संशोधन गर्नुपर्ने १७ बुँदा

महासंघले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा १७ बुँदे संशोधन गर्नुपर्ने विषय अघि सारेको छ। संसद्मा दर्ता भएको विधेयकका विभिन्न विषयमा गम्भीर आपत्ति जनाउँदै महासंघले संशोधन गर्नुपर्ने १७ बुँदा अघि सारेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार