वन फडानी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष सहित ४ जना धरौटीमा रिहा

वन फडानी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष सहित ४ जना धरौटीमा रिहा

रुकुम जिल्ला अदालत । फाईल फोटो

मुसिकोट । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा पक्राउ परेका रुकुम पश्चिमको चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली सहित चार जना धरौटीमा छुटेका छन् ।

आईतबार रुकुम जिल्ला अदालतले वडाध्यक्ष ओली सहित सोहि वडाका ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाह लाई एक/एक लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार अदालतको आदेश अनुसार आइतबार नै चार जना हिरासतमुक्त भएका छन् । चार जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

जिल्लाको चौरजहारी नगरपालिका-११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा असोज ९ गते वडाध्यक्ष वलीलाई, नेपाली र केसीलाई असोज ८ गते र शाहलाई भदौ २९ गते डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको थियो ।

मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै चार जना विरुद्ध उजुरी परेको थियो । वडाध्यक्ष वली गत ०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार