हार्डवेयर व्यापारीलाई ५ लाख दिने सहमति पछि विद्यालयमा लगाइएको ताला खुल्यो

हार्डवेयर व्यापारीलाई ५ लाख दिने सहमति पछि विद्यालयमा लगाइएको ताला खुल्यो

मुसिकाेट । रूकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ स्थित जनज्योती आधारभुत विद्यालयमा हार्डवेयर व्यापारीले लगाइएको ताला खाेलिएकाे छ ।

२०७५ सालमा विद्यालय भवन निर्माण गर्दा सानीभेरी हार्डवेयरबाट उधारोमा ल्याइएको निर्माण सामग्रीको भुक्तानी नगरेपछि आइतबार हार्डवेयर व्यवसायी मनिषा विसी वलीले विद्यालयको मूल गेटमा ताला लगाउनुु भएको थियो ।

आज ताला खुलेसँगै पठनपाठन सुरु भएको प्रधानाध्यापक भिमबहादुर ओलीले जानकारी दिनुभयो ।

आईतबार विद्यालमा ताला लागेपछि त्यहाँ अध्ययनरत ५० विद्यार्थी र शिक्षकहरू घर फर्किन वाध्य भएका थिए।

त्यसपछि विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि र व्यवसायीबीच छलफल भएको थियो। छलफलपछि १५ दिनभित्र पाँच लाख रूपैयाँ उपलब्ध गराउने सर्तपछि ताला खाेलिएकाे विद्यालयका प्रधानाध्यापक वलीले जानकारी दिनुभयो । यसका लागि विद्यालयले चन्दा संकलन अभियान सुरू गरेको छ।  ‘आईतबार मात्रै एकै दिनमा हामीले एक लाख ३२ हजार चन्दा संकलन गरेका छौं,’ प्रधानाध्यापक वलीले भन्नुभयो ।

वली प्रधानाध्यापक हुनुभन्दा एक वर्ष अघि २०७५ साउनमा विद्यालयले जग्गा खरिद गरेर दुईवटा भवन बनाएको थियो।

जग्गा खरिद गर्दा २२ लाख र भवन बनाएको समेत गरी अझैं ३३ लाख जति ऋण तिर्न बाँकी रहेको वलीले बताउनुभयो ।‘विद्यालयसँग स्रोत छैन, त्यत्रो पैसा कसरी तिर्ने,’ वलीले भन्नुभयो, ‘हामीले गाउँपालिकादेखि नेता सबैलाई गुहार्दा पनि कसैले वास्ता नगर्दा समस्या भएको हो।’

वलीका अनुसार असोज १० गते पनि व्यापारीले गेटमा ताला लगाइदिएकाले पढाइ हुन सकेको थिएन। त्यसदिन पनि उनीहरू समस्या लिएर गाउँपालिका पुगेको र छलफल पछि ११ गते ताला खुलेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार